रौतहट ।। रौतहटको क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का उम्मेदवार माधव नेपाल को अग्रता कायमै रहेको छ । उनलाई नेकपा एमालेका नेता अजय कुमार गुप्ताले निरन्तर पछाडि पारिरहेका हुन् ।
अहिले नेपाल १९ हजार २११ मतले अग्रता लिदाँ उनका प्रतिस्पर्धी गुप्ताले १४ हजार ४८७ मत पाएका छन् । यो परिणामअनुसार ४ हजार ७३४ को मतान्तर देखिएको छ ।
त्यस्तै रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवर किरण साहले १० हाजार ३५२ ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार फिदोस आलम ९ हजार ५७० मत प्राप्त गरेका छन् । क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (मओवादी)का साथ पाएका स्वतन्त्र प्रभु साह ११ हजार ३०७ ल्याएका छन् भने उनका प्रतिस्पर्धी ओमप्रकाश जयसवाल ९ हजार ७०३ मतले पछाडि पारिरहेका हुन ।
त्यस्तै रौतहट क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका उम्मेदवार देव प्रसाद तिमिलिस्ना १४ हजार ७६९ मतले अग्रता कायम रोखेका हुन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता उद्धव रेग्मी १२ हजार २६१ मतले पछाडि पारिरहेका हुन् ।





