जनकपुर ।। मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
पर्सा क्षेत्र नं १ (ख) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए।
उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here