काठमाडाैं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं– ४ बाट जीतनजिक पुगेका छन् । मंगलवार बिहानसम्मको गणनामा गन्न बाँकीभन्दा गगनले पाएको भोट बढी छ ।
गगनले १९ हजार १९ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत पाएका छन् । २०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन पराजित भएका थिए ।
काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् । आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।
प्रधानमन्त्री बन्नका लागि पहिला राजनीतिक दलको संसदीय दलको नेता बन्न आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here