रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का उम्मेदवार माधव नेपालले अग्रता कायम राखेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि हालसम्म १४ हजार ६ सय ८५ मत गणना गरिसकिएको छ। तीमध्ये नेपालले सात हजार ६ सय ८५ मतले अग्रता लिँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले सात हजार २८ मत पाएका छन् । यो परिणामअनुसार ६२९ को मतान्तर देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here