बारा ।। बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा गठबन्धनबाट उम्मेदवार रहेका किसान श्रेष्ठ र प्रदेशसभा (ख) का उम्मेदवार जितेन्द्र सोनल निर्वाचन आचारसंहिता विपरीत शुक्रबार पनि निर्वाचनको प्रचारप्रसारमा देखिएका छन् ।
बिहीवार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि श्रेष्ठ र सोनल शुक्रबार बिहानदेखि निर्वाचन प्रचारप्रसारमा देखिएका हुन् । मौन अवधिभित्र उम्मेदवारहरू र राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निर्वाचन प्रचारप्रसार गरिरहेको सूचना पाएको र प्रहरी परिचालन गरेर रोक्न लगाइएको जानकारी दिए । उनले प्रचारप्रसारलाई रोक्न आग्रह गरिसकेको बताए ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सोनलले परवानीपुर गाँउपालिकाभित्र शुक्रबार बिहान कार्यकर्तासहित घरदैलो गर्दै मत माग्दै हिँडेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here