सांकेतिक तस्विर

भक्तपुर ।। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ राई टोल नजिकै आगलागि हुँदा १ जनाको ज्यान गएको छ ।
बुधबार विहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले बताए ।
स्थानीय आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो । आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।
सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here