काठमाडौँ ।। ९ दिनपछि देशमा प्रदेश, प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । देश चुनावमा होमिए पनि युवाहरू भने रोजगारीका लागि विदेशीनेक्रम रोकिएको छैन । भोट हाल्नकै लागि कतिपय नेपाली, मतदाता नामावली भएको क्षेत्रमा जाने योजना पनि बनाइरहेका छन् । तर हिमाल, पहाड, तराई, सबैतिर निर्वाचनको चर्चा भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोड्नेहरूलाई भने निर्वाचनले छोएको छैन । नेताहरूले यसअघिको निर्वाचनका बेला गरेका रोजगारीको प्रतिबद्धता पूरा नगरेपछि विदेशिनु परेको सिरहाका शिव कुमार कठायतले बताउनुभयो । नेपालको संविधानले हरेक नागरिकलाई रोजगारी र आफ्ना मताधिकारको प्रयोग गर्न पाउने हकको व्यवस्था गरेको छ । तर यी दुवै अधिकार आपूmले प्रयोग गर्न नपाएको कैलालीका धनकुमारको भनाइ छ । विदेशमा रहेकाहरूको मताधिकारको प्रयोगका लागि सरकारले अनलाइन भोट हाल्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । देश निर्वाचनमय भईरहेको छ तर निर्वाचनले नेपाली युवालाई रोक्न सकिरहेको छैन । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक दुई हजार नेपाली रोजागारीका लागि विदेशिने गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा २५ प्रतिशतले बढी भएको प्रवक्ता कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । निर्वाचनका बेला एक भोटको महत्व निकै छ तर नेपालमै आवश्यक मात्रामाा रोजगारीको सिर्जना हुन नसक्दा ३५ लाख भोट खेर गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here