रौतहट ।। रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मदेवार माधव कुमार नेपालले गठबन्धनको सरकार बन्न कुनै पनि शक्तिले नरोक्ने बताउनु भएको छ । क्षेत्र नं. १ अन्तर्गत गढीमाई नगरपालिकाको वार्ड नं. ६ सिंगारवन धर्मपुरमा आयोजित विसाल चुनावी आम सभालाई सम्बोधन गर्दै उम्मेदवार माधव कुमार नेपालले, सम्पुर्ण रामायणलाई यर्थात रुपमा आफु रौतहटको विकासमा परिणत गर्ने बताएका छन् ।
संविधानको हत्या जनताको अधिकार खोस्ने दुसाहस गर्नेको पतन निश्चत रहेको भन्दै, उम्मेदवार नेपाल, एमाले देशको भक्क्षक पार्टी भएकोले त्यस्ता झुठा आस्वासन दिनेबाट सर्तक हुन समेत आग्रह गरे ।





