रौतहट ।। जिल्ला कारागार कार्यालय रौतहटमा कैदी बन्दी जीवन विताई रहेका मध्ये ९८ जनाले निर्वाचनमा मतदान गर्ने भएका छन ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैदी बन्दीले पनि मतदान गर्न पाउने भने पछि जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहेका ९८ जना कैदी बन्दीले मतदान गर्ने छन ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार पहिलो पटक कैदी बन्दीलाइ मतदान गर्ने व्यवस्था गरिएको बताए । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले यस्तो व्यस्था गरेको थिएन ।
मतदाता नामाबलीमा नाम भएकाले समानुपातिक तरफ मतदान गर्ने उनले बताए ! नेपाली सेनामा रहेका करीव २ सय भन्दा बढ़ी जवानले मतदान गर्ने अधिकारी दासले जनाए ।
रौतहटमा २७६ मतदान स्थल कायम गरिएको छ । ५२३ मतदान केन्द्र तथा २ वटा अस्थाई मतदान केन्द्र गरी ५२५ मतदान केन्द्र रहेको छ ।
जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अलग अलग मतदान केन्द्र स्थापना गरिने र त्यसको लागि छूटै मतदान अधिकृतको नियुक्ति गरिएको दास ले बताए ।
दासका अनुसार पहिलो नम्बरमा प्रत्यक्ष तरफको रातो रंगको मतपत्र दिइने छ भने दोस्रो नम्बरमा प्रतिनिधि सभा तरफको सेतो कालो रंगको समानुपातिकको मतपत्र दिइने छन ।
प्रदेश सभा तरफको प्रत्यक्षको लागि ३ नम्बर र समानुपातिकका लागि ४ नम्बर मत पेटिका प्रयोग गर्न सकिने गरी मतदान केन्द्रमा व्यवस्था गरिने छन ।
निर्वाचनका लागि ४ हजार १ सय ८४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ! रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेका छन । १ जना तेस्रो लिंगीको संख्या रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here