रौतहट ।। रौतहट जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारमा व्यापक रुपमा डीजे साउण्ड प्रयोग भई रहेका छन ।
मङ्सिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका राजनितिक दल तथा स्वतंत्र उम्मेदवारहरुले प्रचार प्रसारमा चर्को स्वरको डीजे साउण्ड प्रयोग गरिरहेका हुन ।
निर्वाचन आचार संहिता २०७९ ले डीजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाए पनि उम्मेदवारहरुले त्यसको प्रयोग तीब्र रुपमा गर्ने गरेका छन । रौतहटको ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको विभिन्न गाउँमा डीजे साउण्ड प्रयोग गरेर उम्मेदवारको चुनावी प्रचार भई रहेको देखिएको छ ।
ठूलो ठूलो साउण्ड बा‘क्स पिक अप , ट्रैक्टरमा लोड गरेर चर्को आवाजमा गाउ गाउँमा बजाउने गरेको स्थानियहरुले बताएका छन । ठुल ठुल्ला फ्लैस प्रिंट बैनरको प्रयोग पनि व्यापक गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले उम्मेदवारहरुलाई सार्वजानिक ठाउमा लगाइएको बहुरंगी पोस्टर र ठूलो अकारको झण्डा हटाऊँन निर्देशन दिएको बताएका छन ।
उम्मेदवारहरुले हटाएन भने प्रहरी परिचालन गरेर हटाउने निर्वाचन व्यवस्थापन समितिको निर्णय रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावी प्रचारमा डीजे साउण्डको व्यापक प्रयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।