काठमाडाैं ।। मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको अनुगमन गर्न ६ देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन्  । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स,श्रीलङ्का र दक्षिण कोरियाबाट प्रमुख निर्वाचन आयुक्तहरू नेपाल आउँने तय भएको छ । उनीहरूलाई काठमाडौँ उपत्यकाका मतदान स्थल अवलोकन गराउन आयोगले तयारी गरेको उहाँले बताउनुभयो । जापानको राज्यमन्त्री स्तरीय टोली पनि आउने सम्भावना रहेको उहाँले बताउनुभयो । मतदानको दिन निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरेको थियो । आमन्त्रितको हवाईबाहेक अन्य खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुन्छ । आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउनेछ । अवलोकनकर्ताका साथमा परराष्ट्रका सम्पर्क अधिकृत खटिनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here