रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका जनता समाजवादी पार्टी नेपालका शैलेन्द्र साहले यस पाली जनता परिवर्तनको पक्षमा रहेकोले जसपाको जित सुनिश्चित रहेको बताएका छन ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा घरदैलो गर्ने क्रममा संचारकर्मीहरु सित कुरा गर्दै साह ले पुस्ताको रुपमा बुझेका यो क्षेत्रमा परिवर्तन हुने ठोकूवा गरे ।
स्वतंत्र रुपमा उम्मीदवारी दिएका उम्मेदवारले पराजयको डरले विभिन्न किसिमका अफवाह फैलाउने गरेकोले भ्रमको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह समेत गरे ।
नेकपा एमाले जसपा गठवन्धनका उम्मेदवारको अवस्था बलियो भएको देखेर बाम लोकतान्त्रिक गठवन्धन विचलित भएको दावी गरे । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डाक्टर फिरदोस आलम ह्त्या आरोपित आफ्नो बुवाको नाउमा राजनीतक गर्न लागेकोले जनता परिवर्तन गर्न तत्पर रहेको बताए ।
स्वर्गीय शेख इद्रीस पछि ह्त्याको आरोपमा कारागारमा बन्दी जीवन विताई रहेका पूर्व मंत्री महम्मद आफताव आलम र चाचा मोहमंद महताव आलमको तस्वीर सहितको पोस्टर पम्पलेट प्रयोग गरेर प्रचार प्रसार गर्दै आएका कांग्रेसका उम्मेदवार सफल नहुने दावी गरे ।
जसपाको तरफ बाट प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार रहेकि शोभा देवी साहले विपक्षिले जति अफवाह फैलाए पनि जित जसपाको हुने ठोकूवा गरेकी छीन !
घरदैलोमा जनता समाजवादिको कार्यकर्ताको उपस्थिति देखेर ५ दलीय गठवन्धनका उम्मेदवार हल्लिएको टिपण्णी गरे । ईशनाथ नगरपालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका र बौधिमाई नगरपालिका तथा मौलापुर नगरपालिकाका ६ नम्बर वड़ा रहेको उक्त क्षेत्रमा प्रतिनिधि सभामा पांच दलीय गठवन्धनका उम्मेदवार फिरदोस आलम , नेकपा एमाले जसपा गठवन्धनका उम्मेदवार शैलेन्द्र साह , स्वतंत्र उम्मेदवार किरण साह विच प्रतिस्पर्धा रहेको छ ।
प्रदेश सभा क मा एमालेका मोहमद जैद आलम , स्वतंत्र उम्मेदवार नागेन्द्र सिन्हा विच प्रतिस्पर्धा हुने छन भने प्रदेश सभा ख मा जसपाका उम्मेदवार किशोरी यादव , स्वतंत्र उम्मेदवार मनोज यादव र इंजिनियर कनिश पटेल विच प्रतिस्पर्धा रहेको छ ।





