काठमाडाैं ।। नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घन्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले ७२ घन्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपालतर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी घिमिरेले नेतृत्व गर्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












