काठमाडौँ ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहयात्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भएको बताएका छन् ।
काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषीको चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको भन्दै प्रशंसा गरेका हुन्। ‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका हुनसक्छ। म बच्चैदेखि मानुषीलाई चिन्छु। उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’ उनले भने। उनी माओवादी केन्द्रकै चुनाव चिह्न लिएर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here