राैतहट ।। रौतहटमा विभिन्न कार्यक्रमको आयोजना गरी ६७ औ प्रहरी दिवस मनाइएको छ ! २०१२ सालमा स्थापना भएको प्रहरी संगठनको स्थापना दिवसको अवसर परेर विभिन्न कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी दिवस मनाएको हो ! जिल्ला प्रहरी कार्यालय गौरमा आयोजना गरिएको कार्यक्रममा अमर प्रहरीका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ! सम्मान गरिएको अमर प्रहरी परिवरहरुमा सुनीता देवी , दुखिया देवी यादव , साहिना खातून , शेख इश्लाम , राकेश साह , रति देवी साह , निर्मला झा रहेका छन ! त्यस्तै शान्ति सुरक्षामा भूमिका निर्वाह गरेका समाजसेवी बृज किशोर यादव , ग्रामीण विकास केन्द्र नेपाल का अध्यक्ष पारस हुसैन , आधारभूत विद्यालय बाल मंदिरका प्राध्यानध्यापक राम नरेश यादव , गढ़ीमाई नगर पालिका , बृंदाबन नगरपालिकाका शेख असलम लाइ कदर पत्र बाट सम्मानित गरिएको छ ! प्रहरी दिवसको अवसरमा आयोजना गरिएको बैडमिंटन प्रतियोगिता , ४०० मीटर र १०० मीटर दौड़ प्रतियोगिता , घईटो फुटाउने प्रतियोगिताका सफल प्रतियोगीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ! प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको प्रमुख आतिथ्यमा संपन्न भएको सो कार्यक्रममा प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले दिएको शुभकामना सन्देश बाचन गरेका थिए ! कार्यक्रममा सुरक्षा निकायका प्रमुख , संघ सस्थाका प्रतिनिधि , पूर्व प्रहरी कर्मचारी , संचारकर्मीहरुको सहभागिता रहेको थियो ! कार्यक्रमको संचालक प्रहरी निरीक्षक दिनेश कुंवरले गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here