काठमाडाैं ।। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाईको काम भइरहेको छ । यस क्रममा आज सम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको छ । छपाई भएका मध्ये प्रदेश सभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाई भने यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ । आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, सहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधि सभातर्फ २ करोड चार लाख मतपत्र छापिएको छ । आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको जजनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here