एजेन्सी ।। रुसको एकसैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ । बन्दुकधारीले आक्रमण गर्दा१५ जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सीमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा घटना भएको बताइएको छ ।रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका भएको बताए पनि थप जानकारी दिइएको छैन । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ ।





