काठमाडौं ।। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले कैद माफी गरेकी छिन्। राष्ट्रपति कार्यालयको आइतबार जारी विज्ञप्ति अनुसार, तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा भएको छ।
त्यस्तै, महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय माफी भएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।