काठमाडौँ ।। पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here