काठमाडौँ ।। नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।
आज बिहान बसेको बैठकले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले आफूहरु सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन रहेको भन्दै जबरा भित्र पस्ने नसक्ने जनाएका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग टुंगो नलाग्दै सर्वोच्च फर्किने बताए पछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रुपमा उपस्थित भएका छन्। सर्वोच्च अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here