राैतहट ।। राैतहट तराई मधेशमा मनाइने जितिया पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । ३६ घन्टासम्म पानी पनि नखाई मनाइने जितिया पर्व छठपछिको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ ।शुक्रवार नहाय खाएबाट सुरु भएको जितिया पर्व ३ दिनसम्म मनाउने गरिन्छ । सन्तानको दीर्घायू, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास सुरु गरेका छन् । व्रत बस्नु अघि शुक्रवारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।बिहानैदेखि निराहार एवं निर्जल व्रत सुरु गरेर आज साँझ ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here