काठमाडौं ।। ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुने भएको छ । असोज ७ गते नेपाली संस्करण रिलिज हुने दिन नै हिन्दी संस्करण पनि लाग्ने भएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्न खोजको हल्ला चलेपश्चात चलचित्र ‘प्रेमगीत ३’ नेपालमा हिन्दी भाषामा रिलिज हुन्छ वा हुदैन भन्नेबारे सबै अन्योलमा थिए। अन्तत् सो अन्योल सकिएको छ।
अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ मुख्य पात्रका रूपमा फिचर्ड भएको चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । हाल प्रदीप, क्रिस्टिना र सेन हिन्दी संस्करणको प्रचारका लागि भारत पुगेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here