रौतहट ।। रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा खुलेयाम रुपमा रक्सी पसल सञ्चालन रहे पनि स्थानीय प्रहरी प्रशासन मौन रहेका छन ।
खुल्ला सिमाना भएको कारण आपराधिक घटना हुन सकिने उच्च जोखिम हुदा हुदै पनि दश गाजा क्षेत्र नजिक र गौर भन्सार कार्यालयको मुख्य गेट नजिकै खुल्ला रुपमा रक्सी पसल हरु सञ्चालन गरेर विक्री बितरण गरी रहदा पनि प्रहरी कुनै चासो नदेखाई मुखदर्शकको रुपमा प्रस्तुत भई रहेको देखिएको छ ।
भन्सार कार्यालयको मुख्य गेट पूर्व तरफ दर्जनौ रकसी पसल सञ्चालन रहेको छ । भारतको बिहार राज्यमा मदिरा विक्री वितरण उत्पादनमा रोक लगाएपछि रौतहटको सीमावर्ती क्षेत्र ब्रह्मपुरी , लक्ष्मीपुर बेलबीछबा , गौर , महादेवपट्टी , औरैया , बंजरहा , लटमारी ,मठियामा भारतीय सीमामा रक्सी पसल सञ्चालन गरी घरेलु तथा स्वदेशी मदिराहरु विक्री वितरण गरिरहेको पाइएको छ ।
भारतीय सीमा देखि ५०० मीटरको दुरिमा रक्सी पसल खोल्न , विक्री वितरण गर्न नपाउने भनी निर्देशन हुदा हुदै सो कार्यलाइ स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारले कुनै बस्ता गर्न सकेका छैन ।
भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेकोले भारतीय नागरिकहरु रक्सी सेवन गर्न नेपालमा आउने गरेको छ । खुल्ला सीमाको कारण जून सुकै ठाउ बाट नेपाल भित्र प्रबेश गर्ने भारतीय नागरिकले आवश्यकता भन्दा बढ़ी रक्सी सेवन गरी झै झगड़ा , मारपीट , लूटपाट गरेको कति पय घटना भएको छ ।
केहि दिन देखि रौतहटको सीमावर्ती गाउँघरमा बच्चा चोरको सक्रियता बढेको देखिदा सीमा क्षेत्रमा सञ्चालन भएको रक्सी पसलहरु बंद गराउनु पर्ने जरुरी भएको स्थानियहरुको भनाइ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here