तस्विर : social media

एजेन्सी ।। अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । काबुलस्थित रुसी दूतावास बाहिर भएको विस्फोटमा परी दूतावासका दुई जना कर्मचारी, २ जना सर्वसाधारण र दुई जना सुरक्षा गार्डसहित ६ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । हिजो साँझ भएको आक्रमणको जिम्मा मुस्लिम समूह इस्लामिक स्टेटले लिएको छ । आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् । सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here