काठमाडाैं ।। शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार प्रदेश–१को सबै र मधेश प्रदेशका (क्र.सं. १ देखि १० सम्मका उम्मेदवार) को अन्तरवार्ता असोज २५ गते बिहान ८ बजे हुने बताएको छ ।यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार) को अन्तरवार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्चिम प्रदेशका सबै उम्मेदवारहरूको अन्तरवार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here