धनुषा ।। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस हुनुभएको छ । लोसपा धनुषा क्षेत्र नम्बर ३ को आज बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो । साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी हुनुभएको थियो । यो क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम सिफारिस गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।