सर्लाही ।। नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाम सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल रुपमा सिफारिस भएको छ । सर्लाही ४ प्रदेश क र ख क्षेत्रले हिजो सङ्घीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई आज काँग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको काँग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका र जनताको माग भएकैले उहाँको एकल नाम सिफारिस भएको सिंहले बताउनुभयो । सर्लाही ४ मा सङ्घीय सांसद काँग्रेसकै अमरेशकुमार सिंह रहनुभएको भएपनि उहाँको नाम सिफारिसमा भने परेन । काँग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । सोही निर्वाचन क्षेत्रबाट उहाँ दुई दुईपटक सांसद भइसक्नुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।