काठमाडाैं ।। छिमेकी मुलुक चीनका सभामुख ली झान्सु नेपाल भ्रमणमा आउनु हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहनुभएका झान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भदौ २७ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन उहाँले सापकोटासँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुहुनेछ । सभामुख सापकोटाले लीको सम्मानमा भदौ २७ मै रात्री भोज दिने कार्यक्रम छ । भदौ २८ मा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ भने, त्यही दिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई पनि भेट्ने कार्यक्रम छ । भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।त्यस्तै लीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिष्ट पार्टीका तेस्रो वरीयताका नेता नेपाल आउन लाग्नुलाई महत्वका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here