काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गर्नुभएको छ । माक्र्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन । अध्यक्ष प्रचण्डले हालै संसदीय समितिमा चोलेन्द्रशमसेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको भनेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूले नै गरेको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here