काठमाडाैं ।। पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३७ नमुना परीक्षण गर्दा २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३३९ जना भने सङ्क्रमण मुक्त भएका छन् । हाल देशभर २ हजार ६४२ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here