रौतहट ।। विस्फोट पदार्थ , हाथ हतियार तथा कर्तव्य ज्यान सहित संगठित अपराधको मुख्य आरोपित बनाइएको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का निलम्वित सांसद मोहमद आफताव आलमलाइ नेपाली कांग्रेसका क्षेत्रीय समितिले संसदीय क्षेत्रको उम्मीदवारमा नाम सिफारिश गरेका छन ।
बम विस्फोटको मुख्य नाइकेका संज्ञा दिएर आरोपित बनाइएका आलम अहिले काठमाण्डू स्थित नख्खु कारागारमा बन्दी जीवन विताईरहेका छन ।
आउदो मङ्सिर ४ मा हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लीन का लागि कांग्रेस कार्यकर्ताले ह्त्याका आरोपित आलमलाइ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मीदवार बनाउने सिफारिस गरेको हो ।
पहिलो संविधान सभाको निर्वाचनको पूर्व संध्या २०६४ चैत्र २७ गते बूथ कब्जा गर्नको लागि बनाउन लगाएका बम विस्फोट हुदा बम बनाउन गएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो ।
आफ्नै काका शेख इद्रीसको गोठ घरमा भएको विस्फोटमा परी मृत्यु भएका र घाइते भएकालाइ आलमले आफ्नै भाईले सञ्चालन गरेको ईटा भट्टामा जिउदो जलाएको भन्दै मृतक त्रिलोक प्रताप सिंहको बुवा श्री नारायण सिंह र ओसी अख्तरको आमा रोक्साना खातून कीटाणी जाहेरी दिएका थिए ।
नेपाली कांग्रेसका सरकार भएको कारन जोगिएका आलम नेकपा एमालेका सरकार बन्दा १२ बर्ष पछि २०७६ साल आसोजमा पक्राउ परेपछि देश भरी नै ठूलो चर्चाको विषय बनेको थियो ।
आसन्न निर्वाचनको बेला नाम सिफारिस भएको कारन आलम पुनः चर्चामा आएका छन । कारागारमा बसेका आलम उम्मीदवार बन्न सकिने की नसकिने विषय कÞानूनी रहेको भए पनि कारागारमा बसेका आलमको नाम सिफारिस हुदा त्यस तरफ सवैको ध्यान तानिएको हो ।
आलमको मुद्दा रौतहट जिल्ला अदालतमा चलती अवस्थामा रहेका छन अंतिम फैसला भएको छैन ।
गंभीर प्रकृतिका फौजदारी अभियोग लागेका व्यक्ति उम्मीदवार हुन नपाउने संविधानमा व्यवस्था रहेको छ । आलम उम्मीदवार भएर निर्वाचित भए पनि मुद्दा फैसलाबाट सजाय भएको खण्डमा रद्द हुने तर्क कÞानूनी व्यवसायीहरुको रहेका छन ।





