काठमाडौँ ।। काठमाडौँ महानगरपालिकाले नक्सा विपरितको संरचना हटाउने अभियानलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् । काठमाडौँको सिको गरेर देशका अन्य सहरहरूमा पनि अब्यवस्थित संरचना ब्यवस्थापनको अभियान सुरु भएको हो । बढ्दो सहरीकरणले भइरहेको पार्किङको समस्या समाधान गर्न काठमाडाँै महानगरपालिकाले गत साउन एक गते ३५ दिने सूचना जारी गर्दै घर तथा भवन निर्माण गर्दा पास भएको नक्साअनुसार अन्डरग्राउन्ड अर्थात् भूमिगत तल्ला, सवारीसाधन पार्किङका लागि प्रयोग गर्न निर्देशन दिएको थियो । तर अन्य प्रयोजनमा प्रयोग गरिएका भूमिगत तल्ला खाली गराउन व्यवसायीले अटेर गरेपछि कानुन मिचेर बनाईएका संरचना हटाउन महानगर आफैँ लागि परेको छ । महानगरले सूचना टाँस गरेरै संरचना हटाउन थालेकाले यसलाई गैरकानुनी भन्न नमिल्ने कानुनविद् डा. चन्द्रकान्त ज्ञवालीले बताउनुभयो । महानगरपालिका कार्यालयका अनुसार सहरभित्र बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन् । तर अधिकांसले उक्त संरचना पार्किङका लागि प्रयोग गरेका छैनन् । अभियान सफल भए, पार्किङको २५ प्रतिशत समस्या समाधान हुने महानगरको विश्वास छ ।
काठमाडौँको सिको गरेर अन्य सहरहरूमा पनि अब्यवस्थित संरचना ब्यवस्थापनको अभियान सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।