काठमाडाैं ।। तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुग्नुभएका उहाँले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गर्नुका साथै आन्तरिक रूपमा सुधारहरू गर्नुभएको थियो । तर उहाँ युनियनको मन्दगतिमा भइरहेको स्खलन रोक्न भने असफल रहनुभयो । सोभियत युनियनको स्खलनसँगै नयाँ रुसको उदय भएको हो । गम्भीर दीर्घरोगसँग जुध्दै आएका गोर्बाचोभको मस्कोस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here