काठमाडाैं ।। आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसकै प्रभावले अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच गएराति तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन आसपासका धेरै ठाउँमा ठूलो पानी परेकाले साना खोला तथा नदीमा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासका बासिन्दालाई पनि सतर्कता अपनाउन भनिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here