जनकपुर ।। मधेस प्रदेशको प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट रानीशर्मा तिवारीले राजीनामा दिएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट सदस्य रहेकी उनले समितिमा सत्तापक्षकै हालीमुहाली रहेकाले आफूले राजीनामा दिएको बताइन् ।
उनले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध समेत नगराएको आरोप लगाइन् ।
समितिका सत्तापक्षीय सदस्यहरुको कार्यअवस्था तथा सरकारको असहयोगका कारण सिँचाई डिभिजन कार्यालय सप्तरीद्वारा संचालन भएको २० करोड रुपैयाँको योजनाहरुको निष्पक्ष अनुगमन गरी सत्यतथ्य पत्ता लगाउन समितिले पाएको १५ दिनको म्यादभित्र प्रतिवेदन पेश गर्न सक्ने अवस्था नरहेको पनि उनले बताएकी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here