एजेन्सी ।। रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेन छोडेर आउने नागरिकलाई प्रत्येक महिना पेन्सन उपलब्ध गराउने घोषणा गर्नुभएको छ । योजना अनुसार १८ फेबु्रअरी पछि युक्रेन छोडेका नागरिकलाई १० हजार रुबल अर्थात् १ सय ७० अमेरिकी डलर प्रति महिना उपलब्ध गराइनेछ । शारीरिक रुपले अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त योजनामा समावेश गरिने राष्ट्रपति पुटिनले बताउनुभयो । उहाँले युक्रेन, डोनेत्स्क र लोहान्स्कका नागरिकका लागि यो योजना लागू गरिएको पनि उल्लेख गर्नुभयो । रुसले युक्रेनसँगको युद्धको क्रममा डोनेत्स्क र लोहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिएको छ । तर, युक्रेन भने ती क्षेत्रमा आफ्नो बर्चस्व फिर्ता गर्ने प्रयासमा जुटिरहेको छ । यता, रुसको यस योजनाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here