एजेन्सी ।। सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका ४ मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लङ्घन सम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ । आङ सान सुकीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here