काठमाडाैं ।। नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेल सहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन काँग्रेसले दल दर्ता गरेको हो । यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ । किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ । हालको केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ प्रतिशत नभएकाले उनीहरूलाई मनोनित गरिएको हो ।





