काठमाडाैं ।। नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबलाई लक्षित गर्दै चुनावी अभियान सञ्चालन गर्ने भएको छ । जसका लागि पार्टीले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाउने भएको हो । आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा केन्द्रीय नेतालाई चुनावी अभियानमा खटाउने निर्णय गरको हो । बैठकले आगामी भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि काङ्ग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो ।





