काठमाडाैं ।। ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारले चिन्ता व्यक्त गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले ताइवान नजिकै चीनले गरिरहेको सैन्य अभ्यासको निन्दा गर्दै यो ठूलो समस्या भएको बताउनुभएको छ । प्रधानमन्त्री किशिदाले चीनको आक्रामक व्यवहार जापानको क्षेत्रीय शान्ति र सुरक्षाका लागि पनि खतरा भएको बताउनुभयो । अमेरिकाको संसदका सभामुख नैन्सी पेलोसीको ताइवान भ्रमणको क्रमदेखि नै चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यास सुरु गरेको छ । हालसम्म चीनले विभिन्न ब्यालेस्टिक मिसाइलले पनि आक्रमण गरिसकेको छ । जसमध्ये ५ मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा पनि खसेको छ । चीनको यो अभ्यास तत्काल रोक्न जापानी प्रधानमन्त्री किशिदाले माग गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here