काठमाडाैं ।। अर्थ मन्त्री जर्नादन शर्माले सबै मन्त्रालयका सचिवलाई बोलाएर बजेट कार्यान्वयन कसरी गर्ने भन्नेबारे छलफल गर्नुभएको छ । अर्थमन्त्री शर्माले सबै सचिवलाई एक अर्कालाई आरोप प्रत्यारोप नगरी आ – आफ्नो जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिनुभएको हो । मन्त्री शर्माले गत वर्षको अनुभवबाट पाठ सिकेर समयमै बजेट खर्च गर्न निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयलले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरिसकेको छ । सो मार्गदर्शनमा आधारित रहेर बजेट कार्यान्वयन गर्न मन्त्री शर्माले सचिवहरूलाई आग्रह गर्नुभएको हो । करिब २५ दिनपछि अर्थ मन्त्रालय फर्केका जनार्दन शर्माले पहिलोपटक सचिवहरुलाई बोलाएर समयमै बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएपछि पनि सबै मन्त्रालयलाई मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च गर्न निर्देशन दिनुभएको थियो ।
बजेट कार्यान्वयन प्रभावकारी बनाउन सचिवहरूलाई मन्त्री शर्माको निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।