सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाही विरुद्ध खरो रूपमा उत्रन निर्देशन दिनुभएको हो । बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here