काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।
मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ। तत्कालीन अर्थमन्त्री शर्माले चौतर्फी विरोध सिर्जना भएपछि २२ असारमा राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि संसदीय छानबिन समितिले छानबिन अघि बढाएको थियो । तर, उनीमाथि दोषी ठहर गर्ने कुनै प्रमाण नभेटिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् ।उनीमाथि बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराइएको आरोप लागेको थियो ।
राष्ट्रपति भण्डारीद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।