एजेन्सी ।। भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पदभार ग्रहण गर्नुभएको छ । १५ औँ राष्ट्रपतिको रुपमा निर्वाचित उहाँलाई आज एक समारोहकाबीच सर्वोच्च अदालतका प्रधान न्यायाधीश एनवी रमन्नाले शपथ ग्रहण गराउनुभयो । मुर्मू भारतको दोस्रो महिला राष्ट्रपति हुनुहुन्छ भने पहिलो आदिवासी राष्ट्रपति बन्नुभएको छ । कार्यभार सम्हाल्दै राष्ट्रपति मुर्मूले भारतमा गरिबहरूले पनि ठूलो सपना देखिरहेको र आफू त्यसको उदाहरण रहेको बताउनुभयो । उहाँले गरिबले सपना देख्ने मात्रै होइन त्यसलाई पूरा गर्नका लागि पहल पनि सबैले गरिरहेको उल्लेख गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here