एजेन्सी ।। भारतमा मङ्किपक्स भाइरसको तेस्रो सङ्क्रमण पुष्टि भएको छ । भारतको केरला राज्यको मलाप्पुरममा हिजो थप एकजनामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो । केरलका स्वास्थ्य मन्त्री वीणा जर्जले यसको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार ६ जुलाईमा दुबईबाट आएका ३५ वर्षका एकजना पुरुषमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको हो । यसअघि पनि केरलामै २ जनामा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको थियो । लगातार मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि हुन थालेपछि राज्य सरकारले मङ्किपक्स भाइरसको परीक्षण तीव्र बनाएको छ ।





