काठमाडौं ।। बजेट निर्माणका क्रममा अनधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसीमाभित्रै काम सक्ने तयारी गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसीमाभित्रै छानविनका बाँकी काम सक्ने गरि तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरूको भनाइका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र छानविनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताए ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here