मुम्बइ ।। भेट्रान भारतीय गजल गायक भूपिन्दर सिंहको सोमबार मुम्बईको एक अस्पतालमा निधन भएको छ । आन्द्राको क्यान्सर र कोभिड १९ सम्बन्धी शंकास्पद जटिलता देखिएपछि ८२ वर्षको उमेरमा उनको निधन भएको हो । ‘आने से उसके आए बहार’, ‘दिल धुन्धता है’, ‘एक अकेला’ आदि जस्ता थुप्रै चर्चित गजल तथा गीतहरुमा भूपिन्दरले स्वर भरेका थिए ।
चर्चित गायिकासमेत रहेकी भूपिन्दरकी पत्नी मिताली सिंहका अनुसार भूपिन्दरलाई युरिन इन्फेक्सन भएपछि अस्पताल भर्ना गरिएको थियो । जहाँ उनमा कोरोनाका लक्षणहरु पनि देखिएको थियो । उनको पिसाबमा संक्रमण देखिएपछि आठ-दश दिनअघि नै अस्पताल भर्ना गरिएको थियो । परीक्षणपछि उनलाई कोभिड १९ पोजेटिभ देखिएको हो ।
कोलोन क्यान्सरको आशंका र कोभिड १९ का कारण सोमबार बिहान अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । साँझ ७ः४५ बजे हृदयघातका कारण उनको अस्पतालमै निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here