काठमाडाैं ।। भारतमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि भएको छ । भारतको केरलामा विदेशबाट आएका एक व्यक्तिमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि भएको हो । केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे सहरको नेसनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआइभी) मा ती व्यक्तिको नमूना परीक्षण गरिएको थियो । जसमा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो । केरला सरकारका अनुसार कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ व्र्षका युवकमा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएपछि हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति जुलाई १३ मा दुबईबाट केरला आएका थिए । यसअघि पुष्टि भएको पहिलो केस पनि केरला कै थियो ।





