जुम्ला ।। जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज बिहान साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा आयोजनामा कार्यरत गोरक बहादुर रावतका ३० वर्षका श्रीमती बिमला रावत, छोराहरू ९ वर्षका भरत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार उनीहरू तीनैजना आयोजनाको पावर हाउसभित्र सुतेका थिए । बिजुली अवरुद्ध भएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताउनुभयो । प्रहरी राति नै घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।