काठमाडाैं ।। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न लाग्नुभएको छ । चार दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग हिजै भेटवार्ता गरिसक्नुभएको छ । आज भने उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्न लाग्नुभएको हो । उहाँले अध्यक्ष प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै आजै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उहाँ पर्सि स्वदेश फर्किनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here